पर्सा प्रहरीद्वारा बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको २ वटा ट्रकहरू नियन्त्रणमा ।

समाचार

रसीद आलम।बिरगंज ,माघ २६। बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको दुईवटा ट्रकहरू पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको टोलीले  वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक सडकखण्डबाट ना.६ ख ४००६ र ना.६ ख ४६०८ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा सिल बन्द नरहेको साथै विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकहरूलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नयाब उपरीक्षक दिपक गिरिले बताएका छन ।

सो ट्रक र ट्रकहरू भित्र लोड रहेको लत्ताकपडाहरूको रू. ३६,८८,०९१।– (छतीस लाख अठासी हजार एकान्वे) बराबरको मुल्यांकन गरि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *