घरयासी झगडामा आफै माथी आगो लगाउने महिलाको उपचारको क्रममा निधन

समाचार

बिराटनगर, २९ बैशाख । घरायासी झगडामा आफनै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ।

आफनो शरिरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी  शर्माको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार  बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग बिबाद गरेकी शर्माले आफनो शरिरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन ।

 

सो आगलागीमा परे पछि उपचारका लागि कोशी अस्पताल, बिराटनगरमा ल्याईएको थियो । तर, हिजो साँझ उनको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए ।

 

सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *