रसीद आलम,बिरगंज ,१३ मंसिर ।
पर्सा प्रहरीले ठोरीमा दश कट्ठामा लगाईएको गाँजा खेती फँडानी तथा नष्ट गरेको जनाएको छ।
विशेष सूचनाको आधारमा बुधबार दिउँसो १:०० बजेदेखि ४:५० बजेसम्म जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक संतोष राईको कमाण्डमा खटीएको टोलीले पर्साको ठोरी गाउँपालिका वडा नं.३ र ४ मा दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको ८ हजारको हराहरीमा बोटहरू फडानी गरी नष्ट गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।
गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने प्रतिबद्धता पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक( एसपी ) कोमल शाहले जनाएका छन् ।
