बारा प्रहरीद्वारा लाखौं मुल्य बराबरको प्याज सहित पिकअप पक्राउ।

समाचार

बारा,८ पुस।

बारा प्रहरीले अबैध प्याज सहित एउटा  पिकअप जितपुरबाट पक्राउ गरेको छ।

शनिबार ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा बिरगंजबाट चितवन  जादै गरेको प्र.२०३-००१ च ६२०३ नम्बरको  पिकअप गाडीलाई रोकी चेक जाँच गर्दा सो पिकअपमा प्याज लोड रहेको तथा विल विजक सन्कास्पद देखिएको हुँदा नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

पक्राउ गरेको पिकअपमा ६० बोरामा करिब ३ हजार किलो प्याज रहेको तथा सोको रु.१ लाख  ८१ हजार बराबरको मुल्यांकन गरि पिकअप सहित नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जानकारी प्रहरीले गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *