कञ्चनपुरमा श्रीमान‍्ले गरे श्रीमतीको हत्या,श्रीमान पक्राउ ।

समाचार

कञ्चनपुर, १६ चैत। कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीका ३४ वर्षीय बलराम थारु आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको आरोपमा आज दिउँसो पक्राउ परेका परेका हुन्।

बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरीबिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *