बारा सशस्त्र प्रहरीद्वारा तस्करीमाथि कडा प्रहार, १० लाख ५५ हजार बराबरको अवैध सामान बरामद

समाचार

बारा, ५ भदौ ।
सशस्त्र प्रहरी बल बाराका प्रमुख एसपी खुम बहादुर केसीको निर्देशनमा सञ्चालन गरिएको विशेष तस्करी नियन्त्रण अभियानले पुनः ठूलो सफलता हात पारेको छ। अभियान अन्तर्गत सशस्त्र प्रहरीको विभिन्न टोलीले चार फरक–फरक स्थानबाट गरी जम्मा करिब रु. १० लाख ५५ हजार बराबरको अवैध सामान बरामद गर्न सफल भएका छन्।

सशस्त्र प्रहरीले जानकारी दिएअनुसार:

१. कलैया मटिअर्वा सीमाक्षेत्रमा ४ लाख ७० हजार बराबरको बरामद
मिति २०८२ भदौ ४ गते बेलुकी करिब ६:१५ बजे कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाको टोलीले भारततर्फबाट मोटरसाइकल प्रयोग गरी नेपाल भित्र्याउँदै गरेको विभिन्न किसिमका सामानसहित ३ थान मोटरसाइकल समेत बरामद गरेको छ। बरामद वस्तुको कुल अनुमानित मूल्य रु. ४,७०,०००/- बराबर रहेको छ।

२. कलैया बरेवा सडक खण्डमा १ लाख १४ हजारको लत्ता कपडा नियन्त्रण
सोही दिन बिहान ९:३० बजे कलैया उपमहानगरपालिका–०५ बरेवा सडकखण्डमा जिल्ला सुरक्षा बेश कलैयाबाट खटिएको प्रहरी टोलीले चेकप्वाइन्टमार्फत जाँच गर्ने क्रममा मटिअर्वाबाट कलैयातर्फ आउँदै गरेको यात्रुवाहक अटोलाई रोकेर चेकजाँच गर्दा भन्सार छली ल्याइएका महिला प्रयोग गर्ने लत्ता कपडाहरु बरामद गरिएको हो। बरामद सामानको मूल्य रु. १,१४,०००/- बराबर रहेको बताइएको छ।

३. जितपुरसिमरा–छतापिपरा सडक खण्डमा ३ लाख ५९ हजारको रेडिमेड कपडा बरामद
मिति २०८२ भदौ ५ गते बिहान ७:३० बजे जितपुरसिमरा उपमहानगरपालिका–०९ छतापिपरा, पथलैया–बिरगंज सडक खण्डमा खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक विक्रम पौडेलको टोलीले यात्रुवाहक बसमा चेकजाँच गर्दा डिक्कीमा लुकाएर लैजादै गरिएको रेडिमेड कपडा बरामद गरेको छ। बरामद कपडाको मूल्य रु. ३,५९,१००/- बराबर रहेको छ।

४. गोलागंजबाट १ लाख १२ हजारको किराना सामान नियन्त्रण
यस्तै भदौ ४ गते बेलुकी ६:५० बजे गोलागंजस्थित सशस्त्र प्रहरी सीमा चौकीबाट सशस्त्र प्रहरी नायव निरीक्षक शिवशंकर प्रसाद चौधरीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा मोटरसाइकलसहित करिब रु. १,१२,७९०/- बराबरको किराना सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बाराले बरामद सबै सामान आवश्यक प्रक्रिया पूरा गरी आजै भन्सार कार्यालय बुझाउने कार्य भइरहेको जनाएको छ।

एसपी खुम बहादुर केसीले तस्करीविरुद्धको कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने बताएका छन्। उनका अनुसार तस्करीका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ र यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी निरन्तर सचेत रहँदै आएको छ।

बारामा पछिल्ला दिनमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै तस्करीका गतिविधिहरूमा उल्लेखनीय कमी आएको देखिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *