सञ्चार मन्त्री खरेलद्वारा ‘सुझाव बैंक’ स्थापना, जनताका आवाजलाई प्राथमिकतामा राख्ने घोषणा

राजनीति समाचार

काठमाडौँ, १२ असोज ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयले जनताको आवाज सुन्ने र प्राथमिकतामा राख्ने संस्कार विकास गर्ने उद्देश्यका साथ ‘सुझाव बैंक’ स्थापना गरेका छन्।

मन्त्री खरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि जनताका समस्या, सुझाव र सल्लाहलाई संकलन गर्दै कार्यलाई जनमुखी बनाउन यो पहल गरिएको बताए। उनका अनुसार सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउने, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने भएकाले सबै नागरिकसँग प्रत्यक्ष भेटघाट सधैं सम्भव नहुने अवस्थालाई ध्यानमा राखी ‘सुझाव बैंक’ को सुरुवात गरिएको हो।

“म तपाईंहरूको हरेक सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता गर्दछु,” मन्त्री खरेलले भने।

यसका लागि मन्त्रालयले सुझाव पठाउने औपचारिक माध्यम पनि सार्वजनिक गरेको छ।
👉 इमेल : minister@mocit.gov.np
👉 WhatsApp : ९८५१४१०१०१

मन्त्री खरेलले सकेसम्म धेरै नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने योजना बनाइरहेको उल्लेख गर्दै सुझाव बैंकमार्फत पनि जनताका आवाजलाई सम्मानपूर्वक ग्रहण गर्ने आश्वासन दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *