२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा निःशुल्क आँखा शिविर सञ्चालन

समाचार

पर्सा, २४ पुस।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साद्वारा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।

मिति २०८२।०९।२४ गते बिहान ११:१० बजे वीरगञ्ज महानगरपालिका–१ छप्कैया स्थित श्री बविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सीमावासी नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको हो।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, वीरगञ्ज सामुदायिक आँखा अस्पताल तथा लक्ष्मी सनराइज बैंक वीरगञ्जको सहकार्यमा सञ्चालन भएको शिविरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्जका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेश सिंह धामी तथा लक्ष्मी सनराइज बैंक वीरगञ्ज शाखाका प्रबन्धक रोहिणी आचार्यलगायतको उपस्थिति रहेको थियो।

निःशुल्क आँखा शिविरमार्फत ७८ जना स्थानीय नागरिकहरूको आँखा परीक्षण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिए।
सशस्त्र प्रहरी बलले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनसेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *