डीआईजी कालिदास धौवजी सशस्त्र प्रहरी बलको नयाँ प्रवक्ता नियुक्त

समाचार

रसीद आलम,काठमाडौं ,२५ बैशाख ।

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका डीआईजी कालिदास धौवजीलाई संगठनको प्रवक्ताको जिम्मेवारी दिइएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालले उनलाई औपचारिक रूपमा प्रवक्ताका रूपमा तोकेका हुन्।

धौवजी यसअघि महोत्तरीस्थित नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए। हालैको प्रशासनिक सरुवासँगै उनलाई सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयमा ल्याउँदै प्रवक्ताको भूमिकामा नियुक्त गरिएको हो।

यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी कुमार न्यौपानेलाई कोशी प्रदेश अन्तर्गतको नम्बर–१ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा गरिएको छ।

सशस्त्र प्रहरी बलको प्रवक्ताको भूमिकामा रहँदा सम्बन्धित सुरक्षा गतिविधि, सार्वजनिक जानकारी तथा संचार समन्वयको जिम्मेवारी मुख्य रूपमा प्रवक्तामार्फत सञ्चालित हुने गर्दछ। धौवजीको यस भूमिकामा अनुभव र दक्षता संगठनको सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोगी हुने विश्वास गरिएको छ।

सशस्त्र प्रहरी बलको आन्तरिक व्यवस्थापन तथा बाह्य समन्वयमा प्रवक्ताको भूमिका झनै महत्वपूर्ण मानिने गरिन्छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *