जनसूचना न्युजका सम्पादक आलमसहित चार पत्रकार सम्मानित

समाचार

बारा, १९ माघ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणले पत्रकारितामार्फत शान्ति सुरक्षा र जनविश्वास अभिवृद्धिमा योगदान पुर्‍याएको भन्दै जनसूचना न्युजका सम्पादक रसीद आलमसहित चार जना पत्रकारलाई सम्मानित गरेको छ।

बाराको कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैयास्थित नम्बर १२ गणको परिसरमा आज आयोजित गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीको बिदाइ कार्यक्रमका अवसरमा उनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको हो।


सम्मानित हुने पत्रकारहरूमा
जनसूचना न्युजका सम्पादक रसीद आलम,
साझेदारी राष्ट्रिय दैनिकका संवाददाता सन्दीप प्रसाद यादव,
नियमित खबरकी सुष्मिता यादव,
न्युज खोजतलास डट कमका भरत सर्राफ रहेका छन्।
त्यसैगरी, मुन्ना डिजिटल भिडियोग्राफी, कलैयाका मुन्ना साह पनि सम्मानित भएका छन्।

प्रशंसा पत्र प्रदान गर्दै गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले नम्बर १२ गणको कार्यक्षेत्रभित्र शान्ति सुरक्षा सुदृढीकरण, सीमा सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा जनसरोकारका गतिविधिहरूमा पत्रकारहरूले निष्पक्ष, सत्यनिष्ठ र जिम्मेवार ढंगले तथ्यपरक सूचना सम्प्रेषण गरी सशस्त्र प्रहरी र सर्वसाधारणबीच आपसी विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

उनले सम्मानित पत्रकारहरूको आगामी पेशागत यात्रा अझ सफल, प्रभावकारी र सम्मानित रहोस् भन्ने शुभकामना पनि व्यक्त गरे।

कार्यक्रममा नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी, मटिअर्वाका डीएसपी धनबहादुर राना, सशस्त्र प्रहरी निरीक्षकहरू इन्द्रजंग थापा, उमेशकुमार आलेलगायत नायब निरीक्षक, सहायक निरीक्षक तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब निरीक्षक विक्रम पौडेलले गरेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *