रसीद आलम,बारा,१२ बैशाख।
सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराको मातहत बिओपी बरैनियाले भन्सार छलिएका १ लाख २५ हजार बराबरको कपडा , चकलेट र खाद्य समाग्री बरामद गरेको छ।
बाराको बिश्रामपुर गाउँपालिका-१ र ४ कल्याणपुर र बलिरामपुरबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि बरैनियाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलि भारतबाट नेपालतर्फ अबैध रुपले ल्याँउदै गरेको रु ८० हजार बराबरको ८० थान कुर्ता सुरवाल, रु.३४ हजार ८ सय बराबरको १० कार्टुन चकलेट र मुल्य रु.१० हजार २ सय बरावरको खाद्य सामग्री ३ वोरा गरी जम्मा मूल्य १ लाख २५ हजार बरावरको सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरीएको समान बिरगंज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रियामा रहेको बिओपी बरैनियाले जानकारी दिएको छ।
