किर्ते कागजात प्रकरणमा वीरगन्जका मेयर राजेशमान सिंहलाई विशेष अदालतबाट सफाइ,”न्याय मरेको छैन, सत्य हारेको छैन”: पूर्व खानेपानीमन्त्री प्रदीप यादव

वीरगन्ज, भदौ २९। किर्ते कागजातका आधारमा जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा मुद्दा खेपिरहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विशेष अदालतबाट सफाइ पाएका छन्। विशेष अदालतको इजलास नम्बर–१ का न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त मुद्दामा सुनुवाइ गर्दै मेयर सिंहसहितका प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो। अदालतको फैसलासँगै मेयर […]

पुरा पढ़नुश

डीआईजी अधिकारीद्वारा पर्सा प्रहरीको अनुगमन तथा निरीक्षण, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

वीरगञ्ज, भदौ २९। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साको समग्र प्रहरी सेवा प्रवाहको अवस्थाबारे अनुगमन तथा निरीक्षण गर्नुभएको छ। भदौ २९ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्नुभएका डीआईजी अधिकारीले कार्यालयको समग्र कार्यसम्पादन, प्रहरी सेवा प्रवाह तथा परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक पृष्ठपोषण प्रदान गर्नुभएको हो। निरीक्षणका […]

पुरा पढ़नुश

वीरगञ्ज–१६ इनर्वागाउँबाट ११ लाखभन्दा बढीका भन्सार छलीका लत्ताकपडा बरामद

वीरगञ्ज, भदौ २९। वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँबाट प्रहरीले भन्सार छली ओसारपसार गरिरहेको अवस्थामा रु. ११ लाखभन्दा बढी मूल्यका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ। सूचना परिचालन तथा प्रहरी कारबाहीका क्रममा मिति २०८३ भदौ २७ गते साँझ करिब ६:३० बजे इनर्वागाउँ क्षेत्रबाट भन्सार छली गरी ओसारपसार भइरहेको अवस्थामा प्रहरीले विभिन्न प्रकारका लत्ताकपडा नियन्त्रणमा लिएको हो। प्रहरीका […]

पुरा पढ़नुश

बकुलियाबाट हराएका तीन बालबालिका भारतमा सुरक्षित फेला: बारा प्रहरी

बारा, भदौ २८। बाराको जितपुरसिमरा उपमहानगरपालिका–५, बकुलिया टोलबाट हराएका तीन बालबालिका भारतमा सुरक्षित अवस्थामा फेला परेका छन्। भारत घर भई हाल बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका ५ वर्षीय छोरा धिरज पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र १० वर्षीया छोरी काजल पासवान आइतबार बिहान करिब ५ बजेबाट सम्पर्कविहीन भएका थिए। बालबालिका हराएपछि परिवार तथा […]

पुरा पढ़नुश

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा निकायको संयुक्त गस्ती

वीरगञ्ज, भदौ २८। पर्साको सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती तथा अन्तरक्रिया गरेका छन्। मिति २०८३ भदौ २८ गते इलाका प्रहरी कार्यालय पोखरियाका कार्यालय प्रमुख, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी बल, नेपालका अधिकारीसहितको संयुक्त टोलीले सीमा क्षेत्रमा संयुक्त […]

पुरा पढ़नुश

बारा बकुलियाबाट तीन बालबालिका बेपत्ता, खोजीका लागि प्रहरीको आग्रह

बारा, भदौ २८। भारत घर भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका–५, बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका तीन बालबालिका एकैपटक बेपत्ता भएपछि प्रहरीले खोजीमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। प्रहरीका अनुसार २०८३ भदौ २८ गते बिहान करिब ५ बजे ५ वर्षीय धिरज पासवान, ७ वर्षीया सुन्दरी पासवान र १० वर्षीया काजल पासवान घरबाट हराएका हुन्। […]

पुरा पढ़नुश

कलैयामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बारा, भदौ २८। बाराको कलैया उपमहानगरपालिका–४ अदालत रोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भदौ २७ गते राति करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको म.प्र.०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको BR05AV 6136 नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा म.प्र.०३–०४४ प ०१२३ […]

पुरा पढ़नुश

विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गर्ने युवक पक्राउ

काठमाडौं, भदौ २८। विपद्को संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूविरुद्ध सार्वजनिक नैतिकता र शिष्टाचारविपरीतका सामग्री सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण गरी घृणा–द्वेष फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२, सेयनी बार्कु घर भई काठमाडौंको टोखा नगरपालिका–८, बानियाटार बस्दै आएका २७ वर्षीय जनक परियार रहेका […]

पुरा पढ़नुश

इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

इटहरी, भदौ २८। सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान करिब २:५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जना गम्भीर घाइते भएका थिए। दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी बालग्राम, […]

पुरा पढ़नुश

कुरीति र विकृतिविरुद्ध प्रहरीलाई तत्काल सूचना दिन एसपी भट्टराईको आग्रह

वीरगञ्ज, भदौ २८। पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले समाजमा हुने घरेलु हिंसा, बालविवाह र लागुऔषध दुर्व्यसनलगायतका विकृति तथा कुरीतिविरुद्ध प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका–२० हरपतगन्जस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, अपौनीको प्राङ्गणमा शनिबार आयोजित ‘नागरिक–प्रहरी सहकार्य, सुरक्षित र […]

पुरा पढ़नुश