शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं, १६ बैशाख । आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन ।   सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन् । ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौ, हाम्रो […]

पुरा पढ़नुश

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

काठमाडौं, १६ बैशाख । भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छलीमा संलग्न २१ जना मनी ट्रान्सफर सञ्चालक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँसहित देशका विभिन्न जिल्लाबाट मनि ट्रान्सफर सञ्चालकहरूलाई पक्राउ गरेको हो।   ब्युरोले एक प्रेस विज्ञप्ति जारी गरी सोमबार मनी ट्रान्सफर सञ्चालकलाई […]

पुरा पढ़नुश

नगरपालिकाको दबाबपछि चितवन कालिकाका विद्यालय खुल्न थाले

चितवन, १६ वैशाख। शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन रोकिएका चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्।   लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालन गर्न कडा दबाब बढाएपछि सोमबारदेखि केही विद्यालय खुलेका हुन्। नगरपालिकाले गत शुक्रवार एक विज्ञप्ति जारी गरेर सबै सामुदायिक विद्यालयहरू तत्काल सञ्चालन गर्न आह्वान […]

पुरा पढ़नुश

बैभव सुर्यबंशी बने, आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी

काठमाडौं, १६ बैशाख । सवाई मानसिंह स्टेडियममा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक प्रहार गर्दै राजस्थानका वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा कान्छो खेलाडी बन्ने कीर्तिमान हासिल गरेका छन् । सूर्यवंशी (१४ वर्ष ३२ दिन) ले मनिष पाण्डे (१९ वर्ष २५३ दिन), ऋषभ पन्त (२० वर्ष २१८ दिन) र देवदत्त पडिक्कल (२० वर्ष […]

पुरा पढ़नुश

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई  बिदाइ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरेका हुन् ।   यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी […]

पुरा पढ़नुश

पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

काठमाडौं, १५ बैशाख । प्रेस चौतारी नेपालले प्रहरी–शिक्षक झडपमा घाइते भएकी पत्रकार सबिना कार्की माथी भएको घटनाको छानबिन गर्न माग गरेको छ। काठमाडौंको नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनको क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस चौतारी नेपाल गम्भीर ध्यानआकर्षण भएको जनाएको हो ।   आन्दोलनरत शिक्षक र प्रहरीबीच […]

पुरा पढ़नुश

यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण

काठमाडौं, १५ बैशाख । सगरमाथा आरोहण सुरू भएको छ।   विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।   यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना शिलान्यास

धनकुटा, वैशाख १५। वैशाख १३ गते शनिबार धनकुटाको बुढीमोरङमा आयोजित एक भव्य कार्यक्रमका बीच खानेपानी मन्त्री प्रदीप यादवले बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुभएको छ। शिलान्यास समारोहमा मन्त्री यादवले संगुरीगढी गाउँपालिका वडा नं १ र २ का बासिन्दाहरूको दीर्घकालीन खानेपानीको सपना साकार पार्ने दिशामा सरकार दृढताका साथ अघि बढेको बताउनुभयो। उहाँले आयोजनाबाट […]

पुरा पढ़नुश

बारामा अवैध मदिरा भट्टीमा प्रहरीको कारवाही : ६८० लिटर कच्चा मदिरा र ९ भाँडा नष्ट

बारा, बैशाख १५। बारा जिल्लामा प्रहरीले अवैध रूपमा सञ्चालनमा रहेका मदिरा भट्टीहरूमा छापा मारेर ठूलो परिमाणमा कच्चा मदिरा तथा उत्पादन सामग्री नष्ट गरेको छ। आन्तरिक राजस्व कार्यालय सिमरा बाराका कर अधिकृत टंक भुसाल र इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीले आइतबार अपराह्न १ बजेदेखि २:४५ बजेसम्म […]

पुरा पढ़नुश

अम्लेखगञ्ज, बारा : बस ठोक्किँदा १९ जना घाइते

रसीद आलम बारा, १५ वैशाख — बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिकै सवारी दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। सोमबार बिहान करिब ३:३० बजे पोखराबाट रौतहटतर्फ जाँदै गरेको ग १ ख ११५४ नम्बरको बसलाई काकडभिट्टाबाट पोखरा जाँदै गरेको ग २ ख १६५५ नम्बरको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो। […]

पुरा पढ़नुश