बारा,१ जेठ ।
सशस्त्र प्रहरी बाराले १ लाख १९ हजार बराबरको भन्सार छलिएका विभिन्न अबैध समान बिश्रामपुर गाउँपालिका -४ बाट पक्राउ गरेको छ।
आज बिहान ५:२५ बजेको समयमा बारा बिश्रामपुर गा.पा.-४ बिलरामपुर पोखरी स्थित नेपाल भारत सीमा ईलाकामा भारतबाट अवैध रुपमा नेपाल तर्फ लेडिज कपडा, मल, धानको बिउ र अन्य विभिन्न किसिमको किराना सामानहरु ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
बिओपि बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आर्चायको कमाण्डमा खटिएको गस्ति टोलीले सो सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको बिओपीले जानकारी गराएको छ।
