तस्करीको संजाल तोडदै डिएसपी रिजाल,छापामारी गरि नियन्त्रणमा लियो २८ लाखको अबैध समान।

समाचार

बिरगंज ,३० जेठ ।

सशस्त्र प्रहरी पर्साका डिएसपी सुरज रिजालको कमान्ड खटिएका टोलिले छापामारी गरि पर्साको बिरगंज महानगरपालिका-१९ बर्वाबाट २८ लाख ६५ हजार ६ सय बराबरको भन्सार छलिएका विभिन्न समानहरु बरामद गरेको छ।

विशेष सुचनाको आधारमा जेठ २९ गते राती ११:१० बजेको समयमा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका डिएसपी रिजालको र बिरगज भन्सार कार्यालयका नासु रबि भुजेलको कमाण्डमा खटिएका संयुक्त टोलिले बिरगंज -१९ बर्वामा काजि चौरसीयाको घर भित्र बेवारिसे अवस्थामा भणडारन गरि राखिएको २२ लाख ६५ हजार ६ सय रुपैयाँ बराबरको लेकमी कम्पकेक्सन क्रीम -१४,१९२ पिस, लेकमी मोईस्चर राईजर  -१६,१२८ पिस- र मूल्य ६ लाख बराबरको मुङ्ग दाल १२० बोरामा ३००० के.जि. बरामद भएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

उक्त सामानहरु आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको डिएसपी सिंहले बताए।

डिएसपी रिजालको तस्करी नियन्त्रण कार्यले पर्साका तस्करहरु त्रसित भएका छन ।डिएसपी रिजालको कडा एक्सन तथा धमाधम छापामारीले गर्दा तस्करहरुको तस्करी गर्ने संजाल तहसनहस भएको नाम नखोल्ने सर्तमा एक जना कारोवारीले बताएका छन् तथा केहि तस्करहरु जिल्लाबाट पलायन गरेको उनले बताउँछन्।                              

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *