स्कुटर दुर्घटनामा परी कञ्चनपुरमा एक जनाको मृत्यु

समाचार

कञ्चनपुर ,३ मंसिर । कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलका देव नाथले चलाएको युके ०६ बिई ९३८२ नम्बरको स्कुटर आइतबार दुर्घटना भएको थियो। स्कुटरले ५४ वर्षीया दुर्गादेबी बास्तालालाई ठक्कर दिएको थियो।

स्कुटर पल्टीदा चालक नाथ घाइते भएका थिए। चालक नाथको भारतमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा घाइते भएकी पैदलयात्री दुर्गाको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *