मधेस प्रदेश ,२५ बैशाख ।
प्रहरी प्रधान कार्यालयबाट सरुवा भई मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आउनु भएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्बेदीलाई भव्य स्वागत गरिएको छ।
यस अवसरमा प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (प्र.व.उ.) शान्ति राज कोइरालासहित कार्यालयमा कार्यरत सम्पूर्ण वरिष्ठ प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत , प्रहरी हवल्दार तथा जवानहरुले स्वागत गरेका थिए।
पदभार ग्रहण गरेपछि प्रहरी नायव महानिरीक्षक चतुर्बेदीले सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई अनुशासन, इमानदारी र जनसेवामुखी कार्यप्रति समर्पित भई कार्य गर्न निर्देशन दिनु भएको थियो। उहाँले प्रदेशको शान्ति सुरक्षा सुदृढ पार्न सबैलाई सक्रिय र जिम्मेवार रहन आग्रह समेत गर्नुभयो।
