भारतसँगको युद्द तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

बिदेश समाचार

ईस्लामबाद, २६ बैशाख । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ ।

 

भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।

 

भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु  रोकिएको थियो ।

 

जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *