पर्सा १ का सांसद तथा मन्त्री यादवद्वारा परवानीपुर–पटेलनगर सडक तथा नाला निर्माण कार्यको शिलान्यास

राजनीति समाचार

रसीद आलम।

वीरगंज, जेठ ४ ।
पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ को परवानीपुरदेखि पटेलनगरसम्मको सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रम आइतबार, २०८२ साल जेठ ४ गते वीरगंजको परवानीपुरमा सम्पन्न भयो। मन्त्री यादवले सो अवसरमा उक्त निर्माण कार्य सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आवागमन तथा सरसफाइमा निकै सहजता हुने अपेक्षा व्यक्त गरे।

उनले जनताको प्रत्यक्ष जीवनसँग जोडिएका पूर्वाधार, शुद्ध खानेपानी, नाला तथा सडक ढलान निर्माणजस्ता सेवाहरूलाई प्राथमिकता दिँदै आवश्यक बजेट विनियोजन गरी योजनाहरू अगाडि बढाइएको जानकारी दिए। मन्त्री यादवले सम्बन्धित निकायलाई यी कार्यहरू समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको बताए।

शिलान्यास कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष श्री राधेकृष्ण साह रौनियार, स्थानीय अगुवा नेता, कार्यकर्ता र वडा–वासीको उपस्थिति रहेको थियो। मन्त्री यादवले सबै सहभागीप्रति आभार व्यक्त गर्दै जनताको सेवा नै आफ्नो प्रमुख कर्तव्य र सन्तोषको कारण भएको बताए।

“सधैंजस्तै जनताको साथ, सहयोग र विश्वासप्रति धन्यवाद,” मन्त्री यादवले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *