सशस्त्र प्रहरीद्वारा १० लाख १८ हजार रुपैयाँ बराबरको मल्टिभिटामिन ट्याब्लेट बरामद, भन्सारमा बुझाइयो

समाचार

पर्सा, असार ३ – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले ठूलो मात्रामा भारतबाट भन्सार छलि ल्याइएको औषधि नियन्त्रणमा लिएको छ।

असार ३ गते सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१ छप्कैयाबाट भारततर्फबाट भन्सार छलेर ल्याउँदै गरेको रु. १० लाख १८ हजार मूल्य बराबरको RIVITROL–CM नामक मल्टिभिटामिन ट्याब्लेट (१०१८ डिब्बा) नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले जनाएअनुसार, उक्त औषधि दुई वटा मोटरसाइकलमा लोड गरी अवैध रूपमा बीरगंजतर्फ ल्याउँदै गरिएको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो। बरामद गरिएका औषधि तथा त्यसमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल समेत आवश्यक कारबाहीको लागि बीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

औषधिजन्य सामग्रीमा सरकारद्वारा तोकिएको कानूनी प्रक्रिया पालना नगरी यसरी अवैध रूपमा ल्याइनु सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि गम्भीर चुनौती हुनसक्ने भएकाले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी थप कडाईका साथ अगाडि बढाएको जनाइएको छ।

सशस्त्र प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रहरूमा भन्सार छलिका वस्तुहरू नियन्त्रणमा लिन निरन्तर सफलता प्राप्त गरिरहेको छ। यस प्रकारको अभियानले अवैध तस्करी र भन्सार छलजतको नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *