बारा प्रहरीद्वारा १० हजारभन्दा बढी Tramadol क्याप्सुलसहित भारतीय नागरिक पक्राउ

समाचार

रसीद आलम

बारा, १४ साउन ।
विशेष सूचनाको आधारमा बारा प्रहरीले १० हजार ३८० पिस प्रतिबन्धित लागूऔषध Tramadol क्याप्सुलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बारा बाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १३ गते साँझ सिम्रौनगढ नगरपालिका–६ पावरहाउस चोकदेखि पूर्वतर्फ करिब ५०० मिटर बम नहर नजिक चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।

भारतीय नम्बर प्लेट BR05B K7035 भएको Honda कम्पनीको SP Shine मोटरसाइकलको लेगार्डमा बाँधिएको बोरामा लुकाएर ल्याइएको अवस्थामा प्रहरीले Tramadol लेखिएका १ हजार ३८ पत्ता (कुल १० हजार ३८० क्याप्सुल) फेला पारेको हो।

प्रहरीले सोही मोटरसाइकल चालक भारत बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, थाना जितना ग्राम पञ्चायत अगर्वा वडा नम्बर ६ कोडीगावा टोल बस्ने करिब ५० वर्षीय मञ्जन साह उर्फ उपेन्द्र साहलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका साह र बरामद लागूऔषधबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *