बाराको घोडासहनका अन्सारी १४७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित पक्राउ

समाचार

बारा, १५ साउन ।
जिल्ला बारा विश्रामपुर गाउँपालिका–१ घोडासहनका २२ वर्षीय अजमुलहक अन्सारीलाई १४७ ग्राम १८० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय प्रसौनी, जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन  १४ गते दिउँसो २:५० बजे फेटा गाउँपालिका–१ भलुहीमा कलैया–प्रसौनी सडक खण्डमा पैदल हिँडिरहेका अन्सारीलाई शंकास्पद अवस्थामा रोकेर खानतलासी गर्दा ब्राउन सुगरजस्तो देखिने २ प्रकारका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद पदार्थमा ६०० मिलिग्राम सुकेको पदार्थ र १४६ ग्राम ५८० मिलिग्राम लेदो पदार्थ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *