सशस्त्र प्रहरी बाराको अभियान : ११ लाख ६१ हजार बराबरको श्रोत नखुलेको रकम र अवैध सामान बरामद

समाचार

बारा, कार्तिक २० गते ।
सशस्त्र प्रहरी बल, नेपाल बाराका प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रहरूमा सञ्चालन गरिएको विशेष निगरानी तथा चेकजाँच अभियानका क्रममा करीब ११ लाख ६१ हजार रुपैयाँ बराबरको श्रोत नखुलेको नगद र अवैध सामान बरामद गरिएको छ।

बाराका विभिन्न इलाकाबाट सशस्त्र प्रहरीका विभिन्न टोलीहरूले पछिल्ला चार दिनमा गरेको कारवाहीमा तलका वस्तुहरू बरामद भएका छन् —

१. बिश्रामपुर गाउँपालिका–३ मुसहर्वा सीमा इलाका (मिति २०८२।०७।१९)
बिओपी बरैनियाबाट स.प्र.नि. सन्दिप के.सी.को नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ साइकलबाट ल्याउँदै गरेको करिब रु. ४१,०००/- बराबरको मोबाइल कभर, OGT USB र डाटा केबल बरामद गरेको छ। व्यक्तिले साइकलबाहेक सामान छोडी फरार भएको प्रहरीले जनाएको छ।

२. सिम्रौनगढ नगरपालिका–९ पिठुवा घाट (मिति २०८२।०७।१८)
बिओपी गोलागंजका स.प्र.नि. प्रशान्त अर्यालको टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको रु. ५,००,०००/- नगदरु. १,००,०००/- मूल्य बराबरको भारतीय मोटरसाइकल बरामद गरेको छ। कुल बरामद रकम रु. ६,००,०००/- बराबर रहेको प्रहरीले जनाएको छ।

३. सुवर्ण गाउँपालिका–३ जमुनिया सीमा इलाका (मिति २०८२।०७।१९)
नं.१२ गण हे.क्वा. बारा बाट स.प्र.ना.नि. केदार बहादुर परियारको टोलीले भारतबाट ल्याउँदै गरेको १०० केजी काटेको सुर्ती (रु. ३०,०००/-) र प्रयोग गरिएको भारतीय मोटरसाइकल (रु. १,००,०००/-) सहित जम्मा रु. १,३०,०००/- बराबरको सामान बरामद गरेको छ।

४. कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमा इलाका (मिति २०८२।०७।२०)
प्रस्तावित सिमासुरक्षा गुल्म मटिअर्वाबाट स.प्र.ह. सुजन ताम्राकारको टोलीले भारतबाट भन्सार छली ल्याइएका कस्मेटिक, कपडा र किराना सामानहरू बरामद गरेको छ, जसको मूल्य करिब रु. ५५,०००/- रहेको बताइएको छ।

५. बिश्रामपुर गाउँपालिका–३ मुहर्वा सीमा इलाका (मिति २०८२।०७।२०)
बिओपी बरैनियाबाट खटिएको स.प्र.ना.नि. सन्तोष प्रसाद साहको टोलीले भारतबाट दुईवटा मोटरसाइकलमा ल्याइँदै गरेको ८०० केजी काउली (रु. ३५,०००/-)मोटरसाइकल दुईवटा (रु. ३,००,०००/-) सहित कुल रु. ३,३५,०००/- बराबरको सामान बरामद गरेको छ।

बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, बारा द्वारा जनाइएको छ।

एसपी खुमबहादुर केसीका अनुसार सशस्त्र प्रहरीले सीमाक्षेत्रमा अवैध कारोबार, भन्सार छली र आर्थिक अपराध नियन्त्रणका लागि निगरानी अझ कडा बनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *