बिर्ता प्रहरीद्वारा करिब ६ लाख बराबरका भन्सार छलिएका सामान बरामद

समाचार

बीरगंज, २६ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले करिब ६ लाख रुपैयाँ बराबरका भन्सार छलिएका विभिन्न सामान बरामद गरेको छ।

प्रहरीका अनुसार प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा खटिएको टोलीले मिति २०८२ कार्तिक २२ गते साँझ ५:४५ बजे बीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोक सडक खण्डबाट उक्त सामान बरामद गरेको हो।

बरामद गरिएका सामानमा विभिन्न लत्ता–कपडा, टेलिभिजन, मोबाईल, म्याजिक पाउडर, चाइनिज मोबाईल र चाबी चिङ्ग लगायतका वस्तुहरू रहेका छन्। यी सबै सामानको अनुमानित मूल्य रू. ५,७२,२१० (पाँच लाख बहत्तर हजार दुई सय दश) बराबर रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरू आवश्यक कानूनी कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा पठाइएको  प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *