बढुवा भएका चार प्रहरी अधिकृतलाई आईजी कुँवरद्वारा दर्ज्यानी चिह्न प्रदान

समाचार

काठमाडौं, ३१ वैशाख । प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक-एआईजी)मा बढुवा भएका दुई र डीआईजीमा बढुवा भएका दुई गरी चार प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

एआईजीमा बढुवा भएका उमेशराज जोशी, भिमप्रसाद ढकाल र प्राविधि डिआईजीमा बढुवा भएका नवीन्द्र अर्याल र देउती गुरुङलाई प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *