रसीद आलम,बिरगंज ,१४ असोज ।
पर्सा प्रहरीले १२ लाख ३ हजार बराबरका खाद्यान्न तथा लत्ताकपडाहरू बरामद गरि बिरगंज भन्सार बुझाएको छ।
असोज १२ गते पर्साको विभिन्न स्थान र समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरी भित्राइएको विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न मालबस्तुहरू बरामद गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।
बरामद गरेको मालबस्तुहरुको रू. १२ लाख ३ हजार भन्सार दाखिला मुल्य रहेको डिएसपी भारतीले बताए ।
