काठमाडौ ,७ पुस ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनकपुर बोल्ट्सका समर्थकहरूप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “मधेसी आयोगले यस घटनाको कानुनी उपचार खोज्दै गृह प्रशासनलाई कारबाहीका लागि सिफारिस गर्नु सकारात्मक कदम हो। सरकारले तत्कालै कारबाही प्रक्रिया अघि बढाउनुपर्छ। यस्ता गतिविधिहरू कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन। No If No But।”
थापाले सबै पक्षलाई संयमित र समानता कायम राख्न आग्रह गर्दै यस्ता नकारात्मक प्रवृत्तिहरू रोक्न सरकार र समाजको भूमिका महत्त्वपूर्ण रहेको बताए।
