नायव निरीक्षक खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित

समाचार

काठमाडौं, १ जेठ । नेपाल प्रहरीका नायव निरीक्षक राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।

 

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरेको हो ।

 

अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले उनलाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् ।

 

प्रहरी नायव निरीक्षक खड्का सङ्गठित अपराध अनुसन्धानमा अब्बल भनेर चिनिएका छन् ।  उनी लामो समयदेखि काठमाडौँमा हुने गरेको सङ्गठित अपराध, अपहरण र गुण्डागर्दी नियन्त्रणमा सक्रिय छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *