मेयर सिंहद्वारा हज यात्रामा जान लागेका मुस्लिम धर्मावलम्बीहरूसँग भेटघाट तथा शुभकामना व्यक्त

राजनीति समाचार

वीरगञ्ज, ६ जेठ ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले २०८२ सालको पवित्र हज यात्रामा सहभागी हुन लागेका मुस्लिम धर्मावलम्बीहरूसँग काठमाडौंमा भेटघाट गर्नुभएको छ।

उक्त अवसरमा मेयर सिंहले हज यात्रामा जान लागेका वीरगञ्जका यात्रुहरूलाई शुभकामना दिँदै उहाँहरूको यात्रा सफल, सुरक्षित र फलदायी होस् भन्ने कामना व्यक्त गर्नुभयो।

हज इस्लाम धर्मको एक महत्त्वपूर्ण पबित्र तीर्थयात्रा भएकाले यस यात्रामा सहभागिता जनाउन पाउनु गौरवको विषय रहेको मेयर सिंहले उल्लेख गर्नुभयो।

उहाँले वीरगञ्ज महानगरपालिका सधैं सबै धर्म, जात र संस्कृतिको सम्मान गर्ने भूमिकामा रहेको र सहिष्णुतामूलक समाज निर्माणमा अग्रसर रहेको पनि बताउनुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *