विराटनगरसँग मात्र दुई रनले चुक्यो जनकपुर बोल्ट्स

खेलखुद समाचार

काठमाडौं, १७ कात्तिक । तेस्राे नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबार भएकाे पहिलाे खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ ।

१७५ रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा समेटियो । जनकपुरलाई जितबाट रोक्न वेस्ट इन्डिजका आन्द्रे रसल भाग्यमानी सावित भए । उनले जनकपुरका चार खेलाडीलाई पेभेलियन फर्काए ।

हसन सैफको अर्धशतकको मद्दतमा जनकपुरले विराटनगरलाई अन्तिम ओभरसम्म फाइट गरेको थियो । तर दुई रनले चुक्ने पुग्यो । अंक तालिकामा जनकपुर र विराटनगर दुवैको चार–चार अंक छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *