कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

राजनीति समाचार

काठमाडौं, २४ साउन । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख देवराज घिमिरेले बुधबार बिहान साढे ११ बजे बस्नेगरी परामर्श समितिको बैठक बोलाएका हुन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेगरी बैठक बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

बैठकमा संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *