बिल बिजकभन्दा बढी मालसामान हरू लोड रहेको ट्रक पर्सा प्रहरीद्वारा पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,८ भदौ ।

बिरगंजमा बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बिहीबार राति  ९:३० बजेको समयमा  खुद्रा तथा हार्डवेयरका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.४ ख ९१३९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सो पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको सामानहरूको रू.९५ लाख ४३ हजार एक सय छव बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शुक्रबार  राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गीरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *