ब्राउन सुगरसहित दुईजना पक्राउ।

प्रदेश
मधेस प्रदेश ,(रसीद आलम )सिरहा, २८ कात्तिक । सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढीमाई नगरपालिका ५ तेतिसबिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स. ८ प २२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आइरहेकाबेला ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २९ हजार नगद सहित ब्राउन सुगर जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवाश बुढाथोकीले जानकारी दिए।
पक्राउ परेका उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट लागु औषध कारोबार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *