पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक विजयी।

राजनीति
साहिल अजिज।
काठमाडौं, ८ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्  ।
२६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए । एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे ।
गोरखा–२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो । प्रचण्ड चौथो पटक सांसद बनेका हुन् ।
०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए । ०७४ मा चितवनबाट निर्वाचित भएका प्रचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन् ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *