बाक्लो हिउँ र बर्षाले टर्की भुकम्पको उद्धारमा कठिनाई,भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन।

बिदेश समाचार

इस्तानबुल, २५ माघ । भग्नावशेषवाट जीवितै उद्धार गर्ने प्रयासमा यहाँ परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको छ ।

सोमवार गएको ७.८ रेक्टर स्केलको भुकम्पमा परी हराएकाहरु जीवितै उद्धार गर्ने प्रयासलाई परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको हो ।

 

यद्धपी, टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको बताएका छन ।

 

टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको गृहमन्त्री सोयलुको भनाई छ । यद्धपी उद्धार र खोज कार्यलाई भने निरन्तर दिईरहेको छ । टर्की भुकम्पमा सहयोग गर्न आएका बिदेशी उद्धारकर्तासँग पनि समन्वय गरी खोजी कार्य जारी राखेको जनाएको छ ।

 

टर्की सरकारले परकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ । उनीहरुलाई खाली चौरमा बसेर नजिक रहेका फेला परेका कपडाहरुले हिउँ र बर्षाको सामना गर्न अनुरोध गरेको छ ।

 

सिरिया र टर्की आएको भुकम्पमा ज्यान गुमाउनेहरुको संख्या ७ हजार पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । विश्व स्वास्थ्य संगठनले यो संख्या झन्डै २० हजार हुने अनुमान गरेर खोजी र उद्धार कार्यमा जोड दिएको छ । सम्भावित महामारीका लागि विश्व स्वास्थ्य संगठनले टर्कीस र सिरियाको सरकारसँग समन्वय गरेर औषधिजन्य तथा अन्य उपायहरुमा काम गरिरहेको जनाएको छ ।

 

यो शताब्दी कै सबैभन्दा धनजन क्षति गराएको उक्त भुकम्पका कारण सिरिया र टर्कीका लाखौं मानिस घरबार बिहिन भएका छन ।

टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भुकम्पमा परि निधन भएको छ ।

तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो ।

टर्की र सिरियामा सोमबार गएको ७=८ रेक्टरको भुकम्पमा परि पाँच हजार मानिसहरुले ज्यान गुमाइसकेका छन ।

‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भुकम्पमा परि ज्यान गुमाएका छन,’ क्लबले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘हार्दिक श्रदाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।’

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *