प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे ओली भेट्न

राजनीति समाचार

काठमाडौं, ५ फागुन । सत्तारुढ दलभित्र राष्ट्रपतिको विषय पेचिलो बन्दै गएको छ । जसकारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटलाई बाक्लो बनाइरहेको छ ।

भावी राष्ट्रपतिबारे मतभेद बढिरहेको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् ।

सरकार गठनताका भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने एमालेको अडान छ भने प्रधानमन्त्री राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।

साथै प्रधानमन्त्री प्रचण्डकै सहमतिमा कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चाले सत्तारुढ घटक माओवादी केन्द्र र एमालेबीच चिसोपना बढाइरहेको छ ।

यही चिसोपना मेटाउन केही हप्तायता प्रचण्ड र ओली दैनिकजसो भेट वार्ता गर्ने गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *