बारामा लागुऔषधसहित १ जना पक्राउ

समाचार

बारा, २८ फागुन ।  जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई  प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जादै गरेको उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *