धनुषा, ११ चैत । धनुषामा एकआपसमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् ।
ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार सो ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ, घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ ।
सो घटनाको उद्दार कार्यमा सशस्त्र प्रहरी बल न.३९ रिजर्भ गणबाट सप्रनी माधव ढुङेलको कमान्डमा १५ जना ,सप्रनि शुदर्शन खतिवडाको कमान्डमा ७ जना र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रनि कबिन्द्र राईको कमान्डमा १५ जनाको सन्युक्त टोलिले उद्दार कार्यमा संगलन रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
मृतकको अझै पहिचान खुल्न सकेको छैन् ।