जीतपुरसिमराको कार्यपालिका सदस्य चौधरीको निधन

समाचार

बारा, १३ जेठ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको छ ।

 

पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो ।

 

जीतपुरसिमरा १४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिईन् । अस्पताल ल्याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।

 

वडा क्षेत्रभित्र निर्माण हुन लागेको ढलान सडक शिलान्यास कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनि अस्वस्थ हुन पुगेकी थिईन् । अचानक पेट पोल्न थालेपछि चौधरीले स्थानीय एक महिलाको घरमा पानी मागेर पिएको र आफूलाई अस्पताल लगिदिन आग्रह गरेको वडाध्यक्ष गुरुङले जानकारी दिईन् ।

 

चौधरीको आग्रहपछि स्थानीयले उनलाई नजिकैको क्लिनिकमा लगेका थिए । उक्त क्लिनिकबाट तत्कालै सिमरास्थित अस्पताल ल्याउने क्रममा चौधरीको निधन भएको वडाध्यक्ष गुरुङले बताईन् ।

 

केही दिनदेखि पेट दुखेको बताउदै आएकी चौधरीको निधनको कारण खुल्न सकेको छैन् । चिकित्सकले एपेडिक्सका कारण निधन भएको हुनसक्ने आशंका गरेका छन् ।

 

चौधरी जीतपुरसिमरा १४ बाट निर्वाचित वडासदस्य हुन् ।

 

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचमा उनि नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएकी थिईन् । वडासदस्य चौधरीलाई एमालेले कार्यपालिका सदस्य बनाएको थियो । चौधरीको श्रीमान्, दुई छोरा र एक छोरी छन् । जीतपुर सिमराका नगर प्रमुख राजन पौडेलसहित जनप्रतिनिधिले चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *