धोविनी गाउँपालिकामा भईरहेको भ्रष्टाचार विरुद्ध ज्ञापन पत्र ।

राजनीति समाचार

पर्सा ,१० असार ।

धोबिनी गाउपालिकामा व्यापक भ्रष्टाचार भएको र सो विरुद्ध चार दल ने.क.पा.माओवादी केन्द्र ,​ने.क.पा.एमाले ​,जनमत पार्टी ​र लो.स.पा.नेपालले जिल्ला प्रशासन कार्यालय, पर्सा मार्फत सम्माननिय प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापन पत्र  बुझाएको ने.क.पा.माओवादी केन्द्र ​पर्साका नेता सलाउदिन अहमदले जनाएका छन् ।

सो ज्ञापन पत्र यस प्रकार छ:-

मिति २०८०/०३/१०
सम्माननिय प्रधानमन्त्री ज्यू,
सिंहदरबार, काठमाण्डौँ ।
मार्फत
श्री प्रमुख जिल्ला अधिकारी ज्यू,

जिल्ला प्रशासन कार्यालय, पर्सा

विषयः- धोविनी गाउँपालिकामा भईरहेको भ्रष्टाचार विरुद्ध ज्ञापन पत्र सम्बन्धमा ।

​भ्रष्टाचार सामाजिक अपराध हो । भ्रष्टाचारले लोकतान्त्रिक मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनी शासनका साथै देशको अर्थतन्त्रलाई कमजोर तुल्याउछन । हाल धोविनी गाउँपालिका भ्रष्टाचारबाट आक्रान्त छ ।

धोविनी गाउँपालिकाको बेरुजु रकम रु.२३ करोड ४१ लाख ९३ हजार रहेको छ । यसले धोविनी गाउँपालिका भित्रको वेथितीलाई प्रष्ट पारेको छ । यति हुदै हुदै पनि पालिका अध्यक्षले स्थानिय सरकार संचालन ऐन मिची मोनोपोली ढंगले विना कुनै योजनाको कार्यक्रम संचालन गर्दै आएको स्थानिय जनताहरुको आरोप रहेको छ ।

नेपालको संविधान २०७२ को धारा २७ बमोजिम सूचनाको हक सम्बन्धी ऐनलाई टेकेर स्थानिय यूवाहरुको समुहले पटक-पटक सूचना माँग गर्दा सूचना उपलब्ध नगराउने सूचना अधिकारीलाई कारवाही नहुने भएर त्यस पालिकालाई राजनिती दलहरुलाई सर्वदलिय बैठक गरी आन्दोलन गर्ने निम्न माँगहरु राखी निर्णय गरेका छन ।

१.​आर्थिक वर्ष २०७४ साल देखि हाल सम्म धोविनी गाउँपालिकाको सम्पूर्ण गतिविधिहरुको विवरण त्यस अन्तर्गत संघिय सरकारबाट प्राप्त सम्पूर्ण बजेट प्रदेशबाट प्राप्त हुने सम्पूरक, विशिष्ट लगायतका सम्पूर्ण अनुदार रकमको विवरण तथा स्थानिय श्रोतबाट आएको बजेटको विवरण उपलब्ध गराउ ।

२.​गाउँपालिकाको श्रोत, साधन (गाडी) को हुदै आएको दुरुपयोगलाई रोक्ने ।

३.​उचित समयमा किसानहरुलाई मल खाद्यको आपूर्ति गर्ने गराउने ।

उक्त माँगहरु पुरा गराउन हाम्रो आन्दोलन जारी रहने व्यहोरा जानकारी गराउन चाहन्छौ ।
बोधार्थः
सूचना आयोग सिंहदरबार, काठमाण्डौँ ।
जिल्ला समन्वय समिति पर्सा ।
धोविनी गाउँपालिका ।

ने.क.पा.माओवादी केन्द्र, ​ने.क.पा.एमाले, ​जनमत पार्टी ​,लो.स.पा.नेपाल।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *