प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजद्धारा २ लाख भन्दा बढी मुल्यको विभिन्न सामानहरु बरामद।

समाचार

रसीद आलम ,वीरगंज, २५ असार ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्राईएको २ लाख भन्दा बढिको अवैध सामानहरु बरामद गरेको छ ।

भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सामानहरुमा विभिन्न किसिमका लत्ताकपडा, मोवाईल ब्याट्री, किराना सामानहरु काजु, पेय पदार्थहरु लगायतका सामानहरु रहेका सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज पर्साका गुल्मपति डिएसपी रामजङ्ग पाण्डेले बताएका छन् ।

साथै आइतबार मात्र भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको १लाख २९ हजार मुल्य बराबरको लत्ताकपडाहरु वीरगंज भन्सार कार्यालयमा बुझाईएको जानकारी गुल्मले गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *