रसीद आलम, बिरगंज ,२४ साउन ।
भन्सार छली ल्याई गोदाममा भण्डारण गरि राखिएको अवस्थामा विभिन्न किसिमका चकलेटहरू पर्सा प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ।
विशेष सूचनाको आधारमा बुधबार १२:३० बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्राइएका विभिन्न ब्राण्डका चक्लेटहरू वीरञ्ज महानगरपालिका वडा नं.७ कुम्हालटोलमा घरकोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको हुँदा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ७४ कार्टुन बिभिन्न ब्राण्डका चक्लेटहरू बरामद गरि नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जनाएका छन् ।
बरामद गरिएका चक्लेटहरूको रू.४ लाख ४९ हजार ०४० बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।