केपी ओली कपः बागमती सेमिफाइनलमा

खेलखुद समाचार

काठमाडौं, ८ मंशीर । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

 

पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णालीलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो ।

 

यस जीतसँगै बागमती सेमिफाइनलमा पुगेको छ ।

 

पहिले ब्याटिङ गरेको बागमतीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनाएकाे थियो। बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए, ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडेका थिए भने सन्दीप लामिछानेले ४ बिकेट लिएका थिए ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *