१४ किलो सुनबारे छानबिन गर्नसमिति गठन

समाचार

काठमाडौं, २२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न समिति गठन गरेको छ ।

बिहीबार राति भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई नियन्त्रणमा लिएको थियो उक्त सुनबारे छानबिन गर्न भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलन त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेको छानबिन समिति गठन गरेकोा जानकारी दिए ।

फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट बिहीबार राति ११ः४० बजे काठमाडौं उत्रेका घलेलाई १४ किलो सुनसहित नियन्त्रणमा लिएर विमानस्थल भन्सारले अनुसन्धान गरिरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *