सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने दुई प्रहरी सम्मानित

समाचार

काठमाडौं, २५ मंसिर । इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ सम्मानित भएका छन् ।

नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले उनीहरुलाई उम्मान गरेको हो । साथै मञ्चले सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई पनि सम्मान गरेको छ ।

उक्त मञ्चद्वारा सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरे भने प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मान गरे ।

 

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धीले पूर्व प्रहरीहरूको समेत गौरव बढेको बताए ।

 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीले नेपालको प्रतिनिधित्व गरेर नेपाल र नेपालीको सम्मान बढाउन सफल भएको बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *