देवाहि गोनाहिका पूर्व मेयर र सहयोगीले पाए सफाई

राजनीति समाचार

 

रौतहट ६ माघ। रौतहटको देवाहि गोनाहिका पूर्व मेयर धर्मेन्द्र पटेल दुईबर्ष पछि विशेष अदालत काठमाण्डु बाट सफाई पाएका छन्। उनी संगै सहयोगीको रूपमा रहेका अशोक पटेल समेत सफाई पाएका छन्।

 

शुक्रवार न्यायाधीश खुशी प्रसाद थारु, तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको संयुक्त ईजलासले पूर्व मेयर पटेल र उनका सहयोगी लाई भ्रष्टाचार मुद्दा बाट सफाई दिएको हो।

 

२०७८ फागुन १५ गते तत्कालीन मेयर धर्मेन्द्र पटेल नगरपालिकामा आफ्नै कार्यकक्ष बाट पक्राउ परेका थिए।

 

उनलाई दुई लाख नगद र  साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो। देवाहि गोनाहि नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई र उनका स्वकीय सचिव अशोक पटेल लगायत चारजना पक्राउ गरेको थियो।

 

पक्राउ पछि लगत्तै उनी अख्तियार द्वारा निलम्बित भएका थिए। पटेल निलम्बित भएकै कारण गत स्थानिय निकायको निर्वाचनमा उनी उमेदवारी बाट वञ्चित भएका थिए। उनको स्थानमा उनको श्रीमति चुनाव लडेपनि पराजित भएकी थिइन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *