रसीद आलम,बिरगंज,१७ माघ।
लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ सहित तिन जना मानिसहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी बसपार्कका वरिष्ठ प्रहरी नायब निरीक्षक बाबुराम ढकालको कमान्डमा तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले माघ १२ गते दिउँसो १२ बजेको समयमा चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित सडकखण्डमा तिनजना व्यक्तिहरूलाई पक्राउ गरेको छ।
संकाष्पद रूपमा बाटोको छेउमा उभी एकआपसमा कुराकानी गर्दै गरेको अवस्थामा निजहरूलाई खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ १०० ग्राम फेला परेकाले तिनै जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने बर्ष ६१ को राजबली महतो,सोही बस्ने वर्ष ४५ को मनोहर महतो र बाराको परवानीपुर गा.पा. वडा नं. ५ बस्ने बर्ष ३७ को अबधेश प्रसाद पटेल रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।
निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले जनाए।
