बारा प्रहरीद्वारा ४२ लाख बराबरको समानसहित ट्रक पक्राउ।

समाचार

बारा,रसीद आलम,१७ माघ।

४२ लाख बराबरको समान सहित एउटा ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ्।

माघ १५ गते जिल्ला प्रहरी कार्यालय बाराका मातहत प्रहरी ईकाइ कार्यलयहरूबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा बिल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको मुल्य रु.४२ लाख ४४ हजार ७ सय २७ रूपैया बराबरको गुटखा, चुरोट तथा विभिन्न खुद्रा सामानहरु बरामद गरेको बारा प्रहरीले जनाएको छ।

बारा प्रहरीका अनुसार प्रहरी चौकी पथलैयाले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ पथलैयाबाट रु.४० लाख ४४ हजार ७ सय २७७ बराबरको खुद्रा मालसामान सहित ना.५ ख ३५५९ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ।

वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको सो नम्बरको  ट्रकलाई चेकजाँच गर्दा विल विजक भन्दा बढि लोड रहेको तथा स्रोत खुलाउन नसकेकोले पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दधिराम न्यौपाने जनाएका छन् ।

त्यस्तै ,ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्श बाराले रु.२ लाख बराबरको भन्सार छलिएका बिल नभएको गुट्खा र चुरोट आदर्शकोतवाल गाँउपालिका वडा नं.५ लौकाहाबाट नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले बताए ।

सो सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *