पर्सा ट्राफिकको व्यवस्थापन चुस्त, सवारी चेकजाँचमा कडाइ; हेल्मेट नलगाउने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी

समाचार

वीरगञ्ज ,१२ कार्तिक । पर्सा जिल्लामा ट्राफिक व्यवस्थापनलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँचमा कडाइ गरेको छ। सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको हो।

यसैक्रममा गण्डक क्षेत्रमा खटिएको ट्राफिक प्रहरी टोलीले हेल्मेट नलगाई मोटरसाइकल चलाउने चालकहरूलाई हेल्मेट लगाउन लगाउँदै ट्राफिक नियमको पालना गर्न सम्झाइबुझाइ गरेको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई हेल्मेटको अनिवार्य प्रयोग, सुरक्षित यात्रा तथा सडक अनुशासनको महत्त्वबारे जानकारी गराउँदै सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ। हेल्मेटको प्रयोगले सम्भावित दुर्घटनाका क्रममा टाउकोमा लाग्न सक्ने गम्भीर चोटबाट जोगिन मद्दत गर्ने भएकाले यसलाई सामान्य रूपमा नलिन प्रहरीले सचेत गराएको छ।

ट्राफिक नियमको पालना गराउनुका साथै चालकहरूलाई जिम्मेवार बनाउने र सडकलाई सुरक्षित बनाउने उद्देश्यले चेकजाँच तथा सचेतनामूलक गतिविधिलाई निरन्तरता दिइएको छ।

ट्राफिक नियमको पालना गर्नु प्रत्येक सवारी चालकको दायित्व भएकाले हेल्मेट लगाएर मात्र मोटरसाइकल चलाउन, आवश्यक कागजात साथमा राख्न र सडक अनुशासन कायम गर्न सबै चालकलाई आग्रह गरिएको छ।

सुरक्षित यात्रा, व्यवस्थित ट्राफिक र दुर्घटनामुक्त सडक निर्माणका लागि पर्सा ट्राफिक प्रहरीले चेकजाँचसँगै सचेतनामूलक अभियानलाई समेत प्राथमिकता दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *