पथलैयामा लागू औषधसहित १ महिला पक्राउ

बिदेश राजनीति समाचार

बारा,१५ पुस ।

बारा जिल्लाको जीतपुर-सिमरा उपमहानगरपालिका-१, पथलैया चोकस्थित प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ।

मिति २०८१ पुस १३ गते राति करिब ११:३० बजे पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले गौरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाइछिपाइ राखिएको ठूलो मात्रामा लागू औषध फेला पारेको हो।

पक्राउ परेकी महिला रौतहटको कटहरिया नगरपालिका-७ बस्ने करिब २१ वर्षीया मुस्कान कुमारी दास रहेको प्रहरीको भनाइ छ।

बरामद लागू औषधको विवरण:

नोरफिन: १,२०० पिस

ड्राइजोपाम: १,२०० पिस

फेनारगन: १,२०० पिस

जम्मा: १२ डब्बा (३,६०० पिस)

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार पक्राउ परेकी महिलामाथि लागू औषध ओसारपसारसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *